२०८१ वैशाख ५ गते | 17th of April 2024

ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ
Sanchar_np प्रकाशित: २०७८ माघ १४ गते ६:४७

भोजपुर प्रहरीले ब्राउन सुगरसहित दुई ट्रक चालकलाई पक्राउ गरेको छ । सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा चालक धनकुटा नगरपालिका घर भई मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र सङ्खुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगर रहेका छन् ।
नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
उनीहरूको साथबाट करिब दुई ग्राम एक मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *