२०८१ वैशाख २ गते | 14th of April 2024

भारती टेलिकम एयरटेलमा एक अर्ब डलर लगानी गर्दै गुगल

भारती टेलिकम एयरटेलमा एक अर्ब डलर लगानी गर्दै गुगल
Sanchar_np प्रकाशित: २०७८ माघ १४ गते ११:२०

इन्टरनेट क्षेत्रको प्रमुख कम्पनी गुगलले भारतीय टेलिकम कम्पनी एयरटेलमा एक अर्ब डलर लगानी गर्ने भएको छ । यसका लागि इक्विटी लगानीका साथै सम्भावित व्यावसायिक सम्झौताहरूको लागि कोष समावेश गरिने भएको छ । जस अन्तर्गत सम्झौताहरू अर्को पाँच वर्षमा पारस्परिक सहमतिका सर्तहरूमा स्वीकृत हुनेछन ्।
गुगलले यो लगानी गुगल फर इन्डिया डिजिटाइजेसन फण्डको हिस्साको रूपमा गर्न लागेको हो । एयरटेलले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘ भारती एयरटेलमा प्रति सेयर ७३४ रुपैयाँको मूल्यमा ७०० मिलियन डलरको इक्विटी लगानी गरिनेछ।’ कुल लगानीमध्ये ३० करोड अमेरिकी डलर वाणिज्य सम्झौता कार्यान्वयनका लागि हुने जारी विज्ञप्तिमा भनिएको छ ।
गुगलले भारती एयरटेलमा लगानी गर्ने खबर आए सँगै भारती एयरटेलको शेयरमा ठुलो उछाल आएको छ । जसका कारण एयरटेलको मार्केट २ प्रतिशतभन्दा बढीले बढेको छ ।
यो सम्झौतासँगै भारती एयरटेलले कम्पनीको ७.१२ करोड शेयर गुगललाई प्राथमिकताका आधारमा ७३४ रुपैयाँमा जारी गर्ने छ जुन जनवरी २७ मा बन्द हुने मूल्यबाट ४ प्रतिशतको प्रिमियम दर भएको छ । एयरटेलले बीएसईलाई दिएको जानकारी अनुसार गुगलको इक्विटी शेयरको आवेदनबाट देशको दोस्रो ठुलो टेलिकम अपरेटरमा १.२८ प्रतिशत सेयर हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *