२०८१ वैशाख २ गते | 14th of April 2024

आहा रारा गोल्डकप फाइनल : मनाङ र एपीएफ भिड्दै

आहा रारा गोल्डकप फाइनल : मनाङ र एपीएफ भिड्दै
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ५:३०

२० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ । पोखरा रंगशालामा हुने फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्ने छन् । फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।
आज मनाङ र एपीएफ उपाधि जित्ने योजनामा रहेका छन् । ६ पटक उपाधि जितिसकेको मनाङ ७ औं पटक उपाधि आफ्नो पोल्टामा पार्ने योजनामा छ । एपीएफ पहिलो पटक उपाधि उचालेर इतिहास रच्ने दाउमा रहेको छ ।
मनाङले क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै तथा बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै १२ औं पल्ट फाइनलमा प्रवेश गरेको हो ।
एपीएफलले उद्घाटन खेलमा आयोजक सहारालाई २–० तथा पहिलो क्वार्टरफाइनलमा वीवाइएससी मिनिसोटा युएसएलाई ३–१ र सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै उपाधिका लागि १४ वर्षपछि फाइनलमा मनाङ संगको भेट पक्क गरेको हो ।
दुबै टिमका कप्तानले आफुहरु उपाधिका लागि खेल्ने बताएका छन् । मनाङका कप्तान विमल रानाले आफ्नो कप्तानीमा आहा रारा गोल्डकपको उपाधि जित्न आफू आतुर रहेको बताए ।
एपीएफका कप्तान नवीन लामा पनि १४ वर्षपछि फाइनलमा पुग्नुलाई महत्वपूर्ण उपलब्धि ठान्दै उपाधि जित्ने गरी खेल प्रदर्शन गर्ने आफुहरुको योजना रहेको बताए ।


सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छन् । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *