२०८१ वैशाख २ गते | 14th of April 2024

टोयोटाले अब चन्द्रमामा जाने कार बनाउने

टोयोटाले अब चन्द्रमामा जाने कार बनाउने
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ५:४६

जापानको प्रख्यात कार कम्पनी टोयोटाले अब छिट्टै पृथ्वीबाट अन्तरिक्षमा चल्ने कार बनाउने भएको छ । यस कारमार्फत् सन् २०४० सम्ममा मानिसलाई चन्द्रमामा रहन सहयोग गर्ने र मंगल ग्रहमा पठाउने योजना रहेको छ ।
कम्पनीले यसलाई ‘लुनार क्रुजर’ नाम दिएको छ । जसको डिजाइन र निर्माणका लागि स्वदेशी जापानीज एरोस्पेस एक्सप्लोरेसन एजेन्सीसँग सहकार्य गरेको छ ।
टोयोटाका अधिकारीहरूका अनुसार यो कारमा बसेर अन्तरिक्षयात्रीहरूले खाना तथा निद्रादेखि चन्द्रमा वा मंगल ग्रहको सतहमा सुरक्षित रूपमा अन्तरक्रिया र काम गर्न सक्नेछन् ।
तर, यो क्रुजर सडकमा गुड्ने सामान्य कारजस्तो हुने छैन । यसमा रोबोटिक हात हुनेछ, जसले अन्तरिक्षमा निरीक्षणको काम गर्नेछ ।
चन्द्रमाको सतहमा चाहिने गुणस्तर, आराम र विश्वसनीयतालाई ध्यानमा राखेर क्रूजरलाई लुनार क्रुजर नाम दिइएको टोयोटाले जनाएको छ । कम्पनीले एसयुभी ल्यान्ड क्रुजर बनाउँदा पनि यही विचारलाई ध्यानमा राखेको थियो ।
टोयोटाको लुनार क्रुजर प्रोजेक्टका प्रमुख ताकाओ सातोले भने, ‘हामी यस शताब्दीमा अन्तरिक्षलाई महत्त्वपूर्ण परिवर्तनको क्षेत्रका रूपमा हेर्छौं । हामी अन्तरिक्षका लागि सञ्चार र अन्य प्रविधिको विकास गर्न चाहन्छौं, जुन मानव जीवनका लागि मूल्यवान साबित हुनेछ ।’
पछिल्ला केही वर्षयता चन्द्रमाप्रति जापानीहरूको आकर्षण बढ्दै गएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *