२०८१ जेठ ११ गते | 25th of May 2024

जासुसी गरेको भन्दै अमेरिकाले चिनियाँ टेलिकम कम्पनीमाथि लगायो प्रतिबन्ध

जासुसी गरेको भन्दै अमेरिकाले चिनियाँ टेलिकम कम्पनीमाथि लगायो प्रतिबन्ध
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ५:५०

राष्ट्रिय सुरक्षाको बहाना देखाउँदै अमेरिकाले चिनियाँ टेलिकम कम्पनी ‘चाइना युनिकम’ माथि प्रतिबन्ध लगाएको छ । संघीय सञ्चार आयोग (एफसीसी) ले चाइना युनिकमको व्यवसाय सञ्चालन गर्ने अधिकार खारेज गर्न सर्वसम्मत रुपमा निर्णय भएको बताएको छ ।
कम्पनीले अमेरिकामा उपलब्ध गराएको टेलिकम सेवा ६० दिनभित्र बन्द गर्न पनि एफसीसीले निर्देशन दिएको छ ।
एफसीसीले उक्त कम्पनीले जासुसी गर्न खोजेको आफूहरूसँग प्रशस्त प्रमाण भएको बताएको छ । चिनियाँ राज्य–स्वामित्वका कम्पनीहरूले अमेरिकी दूरसञ्चार नेटवर्कहरूको सुरक्षामा वास्तविक खतरा खडा गरेको भन्दै यो निर्णय लिएको एफसीसीले जनाएको छ ।
यद्यपि बीबीसीसँग कुरा गर्दै चाइना युनिकमले भने आफ्नो अमेरिकी शाखाले विगतका दुई दशकमा ग्राहकका लागि भरपर्दो रूपमा अमेरिकी कानून र नियमहरूको पालना गर्दै सेवा दिएको दाबी गरेको छ ।
यस विषयमा वाशिङ्गटनमा रहेको चिनियाँ दूतावासले भने कुनै टिप्पणी दिएको छैन । पछिल्ला केही वर्षमा चिनियाँ प्रविधि र टेलिकम कम्पनीहरूलाई अमेरिकी अधिकारीहरूले राष्ट्रिय सुरक्षा चिन्ताको कारण देखाउँदै प्रतिबन्ध लगाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *