२०८१ जेठ ५ गते | 18th of May 2024

भारतमा संक्रमितभन्दा निको हुने धेरै

भारतमा संक्रमितभन्दा निको हुने धेरै
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ५:५४

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितभन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ५३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ लाख ३५ हजार ९३९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
भारतमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या २० लाख ४ हजार ३३३ छन् । यस्तै पछिल्लो २४ घण्टामा ८७१ जनाको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ ।
भारतमा अहिले संक्रमणदर १३ दशमलव ३९ प्रतिशत रहेको छ भने अहिलेसम्म १ अर्ब ६५ करोड ४ लाख ८७ हजार २६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *