२०८१ जेठ ११ गते | 25th of May 2024

यी अर्बपति नौं वर्षिय बालक, जसको छ आफ्नै प्राइभेट जेट

यी अर्बपति नौं वर्षिय बालक, जसको छ आफ्नै प्राइभेट जेट
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ५:५८

विश्वमै सबैभन्दा कम उमेरमा नाईजेरियाका मुहम्मद अवाल मुस्ताफा अर्बपति बन्न सफल भएका छन् । नौँ वर्षीय मुहम्मद अवाल मुस्ताफा विश्वमै सबैभन्दा कम उमेरमा अर्बपति बनेका हुन् ।
उनको नाम मोम्फा जुनियर पनि रहेका छ र उनी एक इन्फलुयेन्सर हुन् । उनकको इन्स्टाग्राममा २९ हजार ८०० जना फलोअर रहेको छन् ।
मोम्फा जुनियर नाईजेरियाको इन्टरनेट सेलिब्रेटी तथा करोडपति इस्मेलियम मुस्ताफाका छोरा हुन् । मुस्ताफालाई ६ वर्षको उमेरमानै आफ्नै सुविधासम्पन्न घर बुवाले खरिद गरिदिएका थिए ।
उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भव्य जीवनको बारेमा पोस्ट गर्ने गर्दछन् ।
नौँ वर्षकै उमेरमा उनको आफ्नो प्राइभेट जेट र थुपै्र सुविधासम्पन्न घरहरु रहेका छन् । उनीले भरसाचे र गुची ब्राण्डका कपडा लगाएर सुपरकारको छेउमा पोज दिएर फोटोहरु पोस्ट गर्ने गर्दछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *