२०८१ जेठ ५ गते | 18th of May 2024

वीरगञ्जमा कोरोना विरुद्धको दुवै डोज खोप लगाएका २ संक्रमितको मृत्यु

वीरगञ्जमा कोरोना विरुद्धको दुवै डोज खोप लगाएका २ संक्रमितको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ६:०१

वीरगञ्जमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा १ पुरुष र १ महिला रहेका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतीनगर को ७३ बर्षीय पुरुषको आज बिहान ४ः३० बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले बताए ।
स्वाश प्रश्वासमा समस्या भएपछि माघ १४ गते एन्टिजेन परिक्षणको क्रममा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । संक्रमितको अवस्था झन जटिल बन्दै गएपछि भेन्टीलेटरमा राखेर उपचार भईरहेकोमा आज बिहान मृत्यु भएको डाक्टर सिंहले बताए ।
मृतक पुरुषले यस अघि कोरोना संक्रमण विरुद्धको कोभिसिल्ड खोपको दुई डोज समेत लगाएका थिए । यस्तै नारायणी अस्पतालमै बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ५ की ६५ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या भएपछि माघ १४ गते एन्टिजेन परिक्षणको क्रममा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको र आज बिहान ७ः३० बजे उपचारको मृत्यु भएको हो ।
मृतक महिलाले यस अघि कोरोना संक्रमण विरुद्धको भेरोसेल खोपको दुई डोज समेत लगाएका थिए । कोरोनाको तेस्रा लहरमा हालसम्म वीरगञ्जमा ६ जनाको मृत्यु भएको ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *