२०८१ जेठ ११ गते | 25th of May 2024

विश्वकप छनोट : कोलम्बियामाथि पेरुको जित

विश्वकप छनोट : कोलम्बियामाथि पेरुको जित
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ६:३३

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोटमा पेरुले कोलम्बियालाई हराएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार पेरुले कोलम्बियालाई १–० गोल अन्तरले हराएको हो ।


पेरुको जितमा एडिसन फ्लोरेसले निर्णायक गोल गरे । उनले खेलको ८५ औं मिनेटमा गोल गरेका थिए ।
यस जितपछि पेरुले १५ खेलमा २० अंक जोडेको छ । पेरु चौंथो स्थानमा रहेको छ । कोलम्बिया १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा पुछारमा भेनेजुएलाले बोलिभियालाई ४–१ गोल अन्तरले हराएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *