२०८१ जेठ ५ गते | 18th of May 2024

गर्लफ्रेन्डलाई रोनाल्डोको ‘स्पेसल’ गिफ्ट

गर्लफ्रेन्डलाई रोनाल्डोको ‘स्पेसल’ गिफ्ट
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ६:३८

क्रिस्टियानो रोनाल्डो खेलमात्र हैन, विविध कारणले चर्चामा रहन्छन् । विश्व फुटबलको यि सुपर स्टारले गर्लफ्रेन्ड जार्जिना रोड्रिगेजको २८ औं जन्मदिन विशेष तरिकाले मनाए ।
पोर्चुगिज तथा म्यानचेस्टर युनाईटेडका खेलाडी रोनाल्डोले गर्लफ्रेन्डको जन्मदिनमा विश्वकै सबैभन्दा ठुलो भवन दुबईको बुर्ज खलिफामा जार्जिनाको फोटो प्रर्दशन गरे । योसँगै उनले जन्मदिनको शुभकामना समेत दिए ।
रोनाल्डोले गर्लफ्रेन्डलाई शुभकामना दिन लाखौं रुपैयाँ खर्च गरेका छन् । जार्जिनाको तस्विरसँगै उनले ‘ह्यापी वर्थ डे जियो’ लेखेका थिए । रोनाल्डोले बुर्ज खलिफाको ठिक नजिक परिवारसँग तस्विर पनि खिचाए । रोनाल्डो अहिले दुबईमा परिवारसँग समय बिताईरहेका छन् । रोनाल्डोले एउटा भिडियो समेत शेयर गरेका छन् ।


द सनको रिपोर्टका अनुसार बुर्ज खलिफामा तीन मिनेटको प्रोमोशनल भिडियो वा म्यासेजको लागि करिब ५० लाख रुपैयाँ लाग्छ । शनिबार र आईतबारको दिन अझ महङ्गो पर्छ ।
विश्वका ठुला इभेन्टहरु बुर्ज खलिफामा देखाउने होड पछिल्लो समय देखिन्छ । बलिउडदेखि हलिउडसम्मका फिल्मको प्रोमोसन बुर्ज खलिफामा देखाउने गरिएको छ ।
रोनाल्डोका लागि बुर्ज खलिफामा भिडियो ‘प्रोमोट’ गर्नु खासै ठुलो विषय हैन । समकालिन विश्व फुटबलका धनी खेलाडी रोनाल्डोको कुल आम्दानीनै करिब ३७ सय करोडको छ ।
हालै रोनाल्डोकी गर्लफ्रेन्ड जार्जिनाकी जिवनमा नेटफिलिक्सले एक सिरिज पनि बनाएको छ । यस सिरिजको नाम ‘आई एम जार्जिना’ रहेको छ । यस सिरिजमा जार्जिनाले रोनाल्डोसँगको आफ्नो पहिलो भेटको विषयमा समेत बताएकी छिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *