२०८१ जेठ ५ गते | 18th of May 2024

३०१ जना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार गरिदै

३०१ जना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार गरिदै
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ६:४४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०१ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २५६ कोरोना संक्रमितको आईसीयूमा र ४५ को भेन्टिलेटरमा गरी कुल ३०१ जना उपचाररत छन् ।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३० जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी मधेश प्रदेशमा १० जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १७७ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचारत छन् ।
गण्डकी प्रदेशमा ११ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।
कर्णाली प्रदेशमा ५ जना आईसीयूमा र सुदुरपश्चिममा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *