२०८१ जेठ ११ गते | 25th of May 2024

बालुवाटारमा कानुनविद्हरुलाई फेरि बोलाइयो

बालुवाटारमा कानुनविद्हरुलाई फेरि बोलाइयो
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ७:१५

सत्तारुढ गठबन्धनले कानुनविद्हरुसँग पुनः परामर्श गर्ने भएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले कानुनविद्हरुसँग छलफल गर्ने निर्णय गरेको हो । कानुन व्यवसायीसँग छलफल गरेर गठबन्धनको बैठक अपराह्न ४ बजे पुन बस्ने भएको हो ।
स्थानीय निर्वाचनको मिति तय गर्ने सन्दर्भमा गठबन्धनले कानुनविद्हरुसँग छलफल गर्न लागेको हो । गठबन्धनका दलहरु निकट कानुन व्यवसायीलाई छलफलका लागि बोलाइएको एक कानुन व्यवसायीले जानकारी दिए ।
गठबन्धनले यसअघि पनि कानुनविद्हरुसँग छलफल गरेको थियो। उक्त छलफलका क्रममा गठबन्धन निकटका कानुन व्यवसायीले पछि निर्वाचन गर्नका लागि कानुन संशोधन गर्न सुझाव दिएका थिए ।
उनीहरुले संविधान र ऐनमा स्थानीय निर्वाचनसम्बन्धी व्यवस्था बाझिएको भन्दै संविधानबमोजिम ऐन संशोधन गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । तर, निर्वाचन आयोगले भने कानुन अनुसार भन्दै बैशाखमा नै चिर्वाचन गर्न दुई मिति प्रस्ताव गरेको थियो भने उसले पुन सरकारलाई निर्वाचनको मिति चाँडो तोक्न आग्रह गरेको छ ।
सत्ता गठबन्धनले निर्वाचन सार्न खोजेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनबारे छलफलका लागि बैठक बोलाएका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *