२०८१ जेठ ११ गते | 25th of May 2024

श्री एयरलाइन्सले थप्यो ८० सिट क्षमताको नयाँ जहाज

श्री एयरलाइन्सले थप्यो ८० सिट क्षमताको नयाँ जहाज
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ७:२३

वायुसेवा कम्पनी श्री एयरलाइन्सले ८० सिट क्षमताको नयाँ जहाज थपेको छ । श्री एयरलाइन्सले क्यु ४००–८ जहाज थपेको हो । यससँगै कम्पनीका ८ वटा जहाज भएका छन् ।
अस्ट्रियाबाट भारत हुँदै जहाज शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
यस एयरलाइन्सले एक महिनाअगाडि पनि एक जहाज थपेको थियो । क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन रहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति प्राप्त गरेपछि उडान भरिने श्री एयरलाइन्सले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *