२०८१ जेठ ५ गते | 18th of May 2024

२ सय ९० कार्टुन ‘रेड लेबल’ रक्सीसहित ४ जना पक्राउ

२ सय ९० कार्टुन ‘रेड लेबल’ रक्सीसहित ४ जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ७:२५

राजधानीको दुई स्थानबाट प्रहरीले दुई सय ९० कार्टुन ‘रेड लेबल’सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र पोखरेल, ३० वर्षीय शैलेश पन्त, २८ वर्षीय रविन पाख्रिन र ४० वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सितापाइला र चाबहिलबाट रेड लेबलसहित अन्य मदिरा पनि बरामद गरेको छ ।
महाशाखाका प्रवक्ता कृष्ण पंगेनीले राजस्व छलीको आशंकामा मदिरा नियन्त्रणमा लिइएको बताए ।
‘स्टिकर नभएकाले राजस्व छली भएको आशंका हो । तर मदिरा सक्कली हो की नक्कली हो भन्ने यकिन हुन बाँकी छु,’ पंगेनीले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *