२०८१ जेठ ५ गते | 18th of May 2024

साहित्य महोत्सव स्थगित

साहित्य महोत्सव स्थगित
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ७:२९

आउँदो फेब्रुअरी २६ देखि २८ सम्म आयोजना हुने भनिएको तीन दिने ‘नेपाल–भारत साहित्य महोत्सव’ वर्तमान असहज परिस्थितिका कारण स्थगत गरिएको छ ।
ओमिक्रोनको बढ्दो प्रकोपले गर्दा परिस्थिति सहज भएपछि महोत्सव आयोजना गरिने गरी हाललाई स्थगत गरिएको महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकालीले जानकारी गराए ।
संयोजक लेकाली र मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय पण्डितसहितको संयुक्त छलफलबाट महोत्सव स्थगनको निर्णय भएको हो ।
महोत्सव हाललाई स्थगित भए पनि तयारी भने नरोकिने सहसंयोजक कवि नरेन्द्रबहादुर श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *