२०८१ जेठ ११ गते | 25th of May 2024

नम्बर नखुलेको गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

नम्बर नखुलेको गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ८:१५

हरिवन नगरपालिका–४ गणेशचोकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गमा हिँडिरहेका स्थानीय ४५ वर्षीय रामबलि रामलाई शुक्रबार राति साढे ८ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको प्रहरीले जनाएको छ। टाउकोमा चोट लागेको उनको घटनास्थलमै मृत्यु भएको थियो । शव पाष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाइएको छ।
नम्बर नखुलेको उक्त सवारी साधन रात्री बस हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत विभिन्न स्थानमा रहेको सिसिटिभी फुटेज अध्ययन भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *