२०८१ जेठ ५ गते | 18th of May 2024

७ वर्षपछि बार्सिलोना फर्किए एडामा ट्राओरे

७ वर्षपछि बार्सिलोना फर्किए एडामा ट्राओरे
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ६:३१

स्पेनिस क्लब बार्सिलोनाले उल्भ्सका विंगर एडमा ट्राओरेलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले ट्राओरेलाई यस सिजनको अन्त्य सम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।
उल्भ्सले ट्राओरेलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि विकल्प समेत दिएको छ । ट्राओरे ७ वर्षपछि बार्सिलोना फर्किएका हुन् ।
उनी २०१५ मा बार्सिलोनाबाट एस्टन भिल्ला गएका थिए । यस अघि टोटेनहमले ट्राओरे अनुबन्धको प्रयास गरेको थियो । टोटेनहमको प्रस्ताव उल्भ्सले अस्वीकार गरेको थियो ।
२५ वर्षीय विंगर २०१८ मा उल्भ्स आएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *