२०८१ जेठ ११ गते | 25th of May 2024

राडुकानुलाई उत्पीडित गरेकोमा नेपाली मुलका मगर दोषी ठहर

राडुकानुलाई उत्पीडित गरेकोमा नेपाली मुलका मगर दोषी ठहर
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ६:३९

युएस ओपन च्याम्पियन इमा राडुकानुले नेपाली मुलका अमृत मगरले उत्पीडित गरेको भन्दै आफ्नै घरमा असुरक्षित महसुस गरेको बताएकी छन् । १९ वर्षीया बेलायती टेनिस खेलाडी राडुकानुलाई उत्पीडित गरेको आरोपमा ३५ वर्षीय अमृत बेलायतमा पक्राउ परेका छन् ।
राडुकानुका अनुसार अमृतले उनको घरमा तीनपटक छिरेको तथा उनको बुवाको सोभेनरको रुपमा रहेको जुत्ता चोरी गरेको बताइन् ।
राडुकानुले प्रहरीले बताए अनुसार अमेजनको सामान पुर्याउने चालकले उनको ठेगाना पत्ता लगाएको तथा चिठ्ठी, फूल तथा क्रिसमसको सजावटका सामानहरु पठाएका थिए ।
विवाहित रहेका अमृतले टेलिभिजनमा राडुकानुलाई खेल्दै गरेको देखेपछि अपिरिचित व्यक्तिसँग राडुकानुको घरको ठेगाना मागेका थिए ।
ठेगाना पत्ता लगाएपछि अमृतले पहिलो पटक राडुकानुलाई उनी प्रेमको हकदार रहेको भन्दै एक पत्र छाड्यो तथा अर्को पटक उनलाई भेट्ने आशामा उत्तर लन्डनको एडगवेयरबाट हिडेको २३ माइल चित्रण गर्ने नक्सा छाडेका थिए ।
अन्तिम पटक डिसेम्बर ४ मा अमृतले राडुकानेको बगैचामा क्रिसमस लाइटहरु सजाए तथा राडुकानुको जुत्ता सोचेर उनको बुबाको जुत्ता चोरेका थिए ।
तर राडुकानेका बुबा इयानले सिसी क्यामराबाट अमृतलाई पहिचान गरेका थिए किनभने उनी पटक पटक सो घरतिर आएका थिए साथै कारले पछ्याएका थिए ।
जब अमृत पक्राउ परे उनीसँग चोरी गरेको जुत्ता उनको झोलामा रहेको थियो जसलाई अमृतले सोभनियरको रुपमा राखेका थिए ।
ब्रोम्ली मेजिट्रेट्स कोर्टले राडुकानुलाई उत्पीडित गरेको आरोपमा अमृतलाई दोषी ठहर गरेको छ । उनलाई अघिल्लो महिना सजाय सुनाइनेछ ।
अमृतले राडुकानु तथा उनका परिवारलाई सम्पर्क नगर्न तथा उनीहरु बस्ने गल्लीमा प्रवेश नगर्ने सर्तमा जमानतमा छुटेका छन् । सो घटनापछि आफू एक्लै बाहिर निस्कन डराएको अभिव्यक्ति दिएकी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *