२०८१ जेठ ११ गते | 25th of May 2024

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको जित

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको जित
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ६:५४

वेस्ट इन्डिजविरुद्धको चौंथो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ । ब्रिजटाउनमा शनिबार राति इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ३४ रनले हराएको हो ।
यस जितसँगै पाँच खेलको सिरिजमा इंग्ल्यान्डले २–२ को बराबरी गरेको छ । इंग्ल्यान्डले दिएको १ सय ९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका लागि केली मेयर्सले ४० रन जोड्दा जासन होल्डरले ३६ रन बनाए ।


ब्रान्डन किङले २६ तथा निकोलस पुरनले २२ रन जोडे । कप्तान केइरन पोलार्ड १८ रनमा अविजित रहे ।
इंग्ल्यान्डका मोइन अलीले २ विकेट लिए । आदील राशिद, रिस टोप्ले र लियाम लिभिङस्टोनले १÷१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन जोडेको थियो ।
इंग्ल्यान्डका लागि मोइन अलीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । जासन रोयले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । जेम्स भिन्सले ३४ रन बनाए ।
वेस्ट इन्डिजका जासन होल्डरले ३ विकेट लिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *