२०८१ जेठ ११ गते | 25th of May 2024

राष्ट्रसंघका विज्ञ मारिएको आरोपमा ५१ जनालाई मृत्युदण्ड

राष्ट्रसंघका विज्ञ मारिएको आरोपमा ५१ जनालाई मृत्युदण्ड
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ७:२५

संयुक्त राष्ट्रसंघका विज्ञहरु मारिएको आरोपमा ५१ मानिसलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सन् २०१७ मा राष्ट्रसंघका दुई विज्ञहरुलाई मारेको आरोपमा डेमोक्रेटिक रिपब्लिक कंगोको सैन्य अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।
कंगोमा हत्याको मुद्धामा मृत्युदण्डको सजाय दिने गरिएको थियो तर कंगो सरकारले सन् २००३ मा मृत्युदण्डको सजायमा रोक लगाइ आजीवन काराबासको सजायमा परिणत गरिएको थियो ।
त्यसयता सामुहिक मृत्युदण्ड सुनाइएको यो पहिलो केस भएको बताइएको छ । कंगोको कसाई प्रान्तस्थित सरकारी सेना र विपक्षी समुहविच भएको हिंसा अनुसन्धानमा खटिएका राष्ट्रसंघका विज्ञ जाइदा क्याटलान र माइकल सार्पको सन् २०१७ मार्च महिनामा हत्या भएको थियो ।
हत्या भएको १६ दिनपछि उनीहरुको शव फेला परेको थियो । उनीहरु सन् २०१६ देखि २०१७ मार्चसम्म भएको हिंसाबारे अनुसन्धानमा खटिएका थिए । सो समयावधिमा करिब ३४ सय मानिसको हत्या भएको थियो भने हजारौंले बासस्थान छोडेको थिए ।
त्यहाँको विपक्षी शसस्त्र समुहले उनीहरुको हत्या गरेको पुष्टि कंगोस्थित कनाङ्गा सैन्य अदालतले गरेको थियो । सो पुष्टि भएपछि सैन्य अदालतले ५४ आरोपितमध्ये ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *