२०८१ जेठ ११ गते | 25th of May 2024

पोखरामा एक किलो सुनसहित युवक पक्राउ

पोखरामा एक किलो सुनसहित युवक पक्राउ
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ७:२७

पोखरा महानगरपालिका–३० पावर हाउसचोकबाट करिब एक किलो बराबरको बिस्कुटको आकारमा रहेको सुनहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनार छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुनसहित फेला पारी रेशमलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाए छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *