२०८१ जेठ ५ गते | 18th of May 2024

अवैध सम्बन्ध खुल्ने डरले बालिकाको हत्या

अवैध सम्बन्ध खुल्ने डरले बालिकाको हत्या
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ८:२६

अवैध सम्बन्धबारेमा खुलासा हुने डरले वीरगञ्जमा एक १० वर्षीया बालिकाको हत्या गरेको अभियोगमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बालिकाको हत्या गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने मोती पटेललाई पक्राउ गरेको हो । पक्राउ परेका पटेलले वीरगञ्ज– १६ घर भई वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्ने सरोज महतो कुश्वाहाकी १० वर्षीय छोरी रिजवाना महतोको हत्या गरेको प्रहरीले जनाएको छ ।
गत पुस २४ गते रिजावानाको शव हत्या गरिएको अवस्थामा वीरगञ्ज–१६ कञ्चनजंगा स्कुल नजिकै निर्माणाधीन घरमा भेटिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेका पटेलले नै हत्या गरेको जनाएको छ ।
पक्राउ परेका पटेलको अवैध सम्बन्धको बारेमा मृतक बालिकाले थाहा पाएकोले उनको हत्या भएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
आफ्नो अवैध सम्बन्धको बारेमा खुलासा हुने डरले पटेलले बालिकाको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको खनालले बताए । ‘पटेलको अवैध सम्बन्ध बालिकाले देखेकी थिइन्’, उनले भने, ‘त्यसको खुलासा नहोस् भनेर नै पटेलले हत्या गरेको देखिएको छ।’
पटेललाई वीरगञ्ज–१६ ईनर्वास्थित नेपाल भारत सीमा नजिकैबाट पक्राउ गरिएको उनले बताए । पक्राउ परेका पटेलविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *