२०८१ जेठ ११ गते | 25th of May 2024

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ९:१०

राष्ट्रिय सभाको बैठक फेरि स्थगित भएको छ । सोमबारको लागि बस्ने भनिएको बैठक कोरोना जोखिमलाई मध्यनजर गर्दै फेरि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै माघ १७ गते सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिएका छन्।
उनका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक पनि कोरोना जोखिमकै कारण स्थगित भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *