२०८१ जेठ ५ गते | 18th of May 2024

म्यान्चेस्टर युनाइटेडका खेलाडीहरुसँग रात बिताएको पोर्नस्टारको दावी

म्यान्चेस्टर युनाइटेडका खेलाडीहरुसँग रात बिताएको पोर्नस्टारको दावी
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ९:४२

पोर्नस्टार शोना रिभरले बेलायतको चर्चित फुटबल क्लव म्यानचेस्टर युनाइटेडका खेलाडीहरुसँग रात बिताएको दावी गरेकी छिन् । उनले युनाइडेटका ३ जना खेलाडीहरुसँग शारीरिक सम्बन्ध राखेको दावी गरेकी हुन् ।
उनको यो दावीपछि युनाइटेडका खेलाडीका श्रीमती र गर्लफ्रेण्डहरु तनावमा परेका छन् । खेलाडीका श्रीमती तथा गर्लफ्रेण्डहरुले शोनालाई म्यासेज गरेर उनीसँग रात बिताउने खेलाडी आफ्ना पति वा ब्वाइफ्रेण्ड भएको वा नभएको भन्ने विषयमा सोधीखोजी गर्न थालेका छन् ।
शोना रिभर वयस्क उद्योगमा ५ वर्ष पहिलेदेखि सक्रिय छिन् । उनी इन्जिनियरिङकी विद्यार्थी रहिसकेकी छिन् । शोनाले म्यान्चेस्टर युनाइटेडका तीन जना खेलाडीहरुलाई एस्कर्ट सर्भिस उपलब्ध गराएको दावी गरेकी छिन् ।
शोनाका अनुसार यी फुटबलरका पत्नी र गर्लफ्रेण्डहरुले उनलाई सिधा म्यासेज गरेर यसबारे सोधेका थिए ।
डेलीस्टारका अनुसार २९ वर्षकी शोनाले सफाइ दिँदै आफूले कुनै पनि फुटबलरलाई लज्जित बनाउन नचाहेको बताएकी छिन् । उनका अनुसार उनलाई इन्स्टाग्राममा यस्ता कैयौं युवतीहरुको म्यासेज आएका थिए जसमा उनीहरुले ‘मेरो ब्वायफ्रेण्ड म्यानचेस्टर युनाइटेडमा छन् मैले सोचिरहेकी छु कि उनी तिमीसँग थिए’ भनेका छन् ।
शोनाका अनुसार ती सबै फुटबलर फरक किसिमका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *