२०८१ जेठ ११ गते | 25th of May 2024

२०२१ मा ग्रिसका भाइबर प्रयोगकर्ताले गरे एक अर्ब पटक कल

२०२१ मा ग्रिसका भाइबर प्रयोगकर्ताले गरे एक अर्ब पटक कल
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते १०:४६

ग्रिसका भाइबर प्रयोगकर्ताले २०२१ मा एक अर्ब पटक भाइबर कल गरेको तथ्याङ्क बाहिरिएको छ । भाइबरका संस्थापक कम्पनी राकुटेनका अनुसार ग्रिसका ९० प्रतिशतभन्दा बढी स्मार्टफोनमा भाइबर इन्स्टल गरिएको छ, जसकारण ग्रिसमा प्रयोग हुने च्याटिङ एपमध्ये सबैभन्दा शीर्ष स्थानमा भाइबर छ ।
सन् २०२१ मा ग्रिसको भाइबर टकटाइम (भाइबर कलमा कुराकानी भएको समय) कूल नौ करोड घण्टा रहेको कम्पनीले जनाएको छ । त्यसैगरी सोही अवधिमा प्रति सेकेण्ड ७०० वटा म्यासेज पठाइने गरेको पाइएको छ ।
अघिल्लो वर्षको तुलनामा भाइबर कल टाइम २० प्रतिशतले बढेको हो भने पठाइएको अथवा सेन्ट भएका म्यासेजको संख्या १५ प्रतिशतले वृद्धि भएको हो ।
कूल फोनकल र म्यासेज सबैभन्दा बढी नयाँ वर्ष र भ्यालेन्टाइन्स डेमा प्रयोग भएको कम्पनीले बताएको छ । यो सबै तथ्याङ्क व्यक्तिगत प्रयोगकर्ताको मात्र हो ।
संस्थागत रुपमा हेर्दा व्यवसायिक भाइबर अकाउन्ट २०२१ मा ७९ प्रतिशतले बढेको छ । त्यस्तै व्यवसायिक म्यासेज पठाउने क्रम पनि ८२ प्रतिशतले वृद्धि भएको छ ।
कोरोना महामारीका कारण प्रयोगकर्ताको जनजीवन अनलाइनमा आधारित भएपछि भाइबरको प्रयोगमा पनि वृद्धि भएको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *