२०८१ जेठ ११ गते | 25th of May 2024

जीप दुर्घटनामा ज्यान गुमाएका दाजुभाईको नगद र सुन नै गायब

जीप दुर्घटनामा ज्यान गुमाएका दाजुभाईको नगद र सुन नै गायब
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते १०:५५

इलामको रोङ गाउँपालिकामा १२ माघमा दुर्घटनामा परेको जीपबारे गम्भीर अनुसन्धान अगाडि बढेको छ । दुर्घटनामा मृत्यु भएकाहरुको नगद र सुन नै गायब भएपछि गम्भीर अनुसन्धान चलेको हो ।
दुर्घटनामा मृत्यु भएका झापाका व्यवसायी दाजुभाईहरु रमेश थापा र सूर्यबहादुर थापाको ४ लाख रुपैयाँ र सुनको औठी आधा तोला हराएको भन्दै परिवारले प्रहरीमा उजूरी गरेका छन् । मृतकहरु खसी व्यापार गर्थे ।
१२ माघको विहान ४ बजे नै घरबाट हिडेका उनीहरु चढेको जीप ५ बजेतिर दुर्घटनामा परेको थियो । घटनामा चालक घाइते छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *