२०८१ जेठ ११ गते | 25th of May 2024

कोरोना अपडेट : नेपालमा थप ३ हजार ५४० संक्रमित

कोरोना अपडेट : नेपालमा थप ३ हजार ५४० संक्रमित
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ११:०१

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ परीक्षण हुँदा ३ हजार ५४० जना संक्रमित थपिएको आइतबार जानकारी दिएको हो ।
९ हजार ९१० पीसीआर परीक्षण गर्दा ३ हजार ४९ मा संक्रमण पुष्टि भएको र ३ हजार २३५ मा एन्टिजेन परीक्षण हुँदा ४९१ मा पोजिटिभ देखिएको छ ।
२४ घण्टामा निको हुनेको संख्या भने ६ हजार ३५९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । देशभर संक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।
त्यस्तै आज देशभर ३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । मृत्युको यो पछिल्लो चार दिनको समेत तथ्यांक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *