२०८१ जेठ ५ गते | 18th of May 2024

माडी क्रिकेट कप माघ २२ बाट

माडी क्रिकेट कप माघ २२ बाट
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ११:२०

चितवनको बसन्तपुर युथ क्लबले माघ २२ गतेबाट पाँचौ माडी क्रिकेट कप गर्ने भएको छ । चितवनको बसन्तपुरको खुल्ला चौरमा प्रतियोगिता माघ २९ गतेसम्म हुने आयोजकले जनाएको छ ।
नकआउट फम्र्याटमा खेलाइने प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । रुपन्देहीको लुम्बिनी नव युवा क्लब, गैडाकोटको होटल देव प्यालेस क्रिकेट क्लब, विरगंजको कलैया क्रिकेट क्लब, चितवनको सेन्ट्रल कलेज भरतपुर क्रिकेट क्लब, टाँडीको बैरिया क्रिकेट क्लब, नवलपरासीको नवलपरासी क्रिकेट क्लब, माडीको माडी–११ तथा काठमाडौंको मिक्समान्डु क्रिकेट क्लब रहेका छन् ।
प्रतियोगिताको विजेताले नगद २ लाख तथा उपविजेताले नगद १ लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *