२०८१ जेठ ५ गते | 18th of May 2024

यू–१९ विश्वकपको खेलका दौरान भूकम्प गएपछि…..

यू–१९ विश्वकपको खेलका दौरान भूकम्प गएपछि…..
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ११:२५

वेस्ट इन्डिजमा भइरहेको आइसिसी यू–१९ विश्वकपको खेलका दौरान भूकम्पको धक्का महसुस गरिएको छ । पोर्ट अफ स्पेनमा जिम्बावे र आयरल्यान्डबीच भइरहेको खेलका दौरान भूकम्पको धक्का महसुस गरिएको हो ।
शनिबार जिम्बावेले आयरल्यान्डविरूद्ध ब्याटिङ गरिरहदा भूकम्प गएको थियो । खेलको प्रत्यक्ष प्रसारणमा बोलिरहेका कमेन्टेटरले भूकम्पको धक्का महसुस गरेका थिए तर खेलाडीले भने भूकम्प महसुस नगरेको प्रत्यक्ष प्रसारणको भिडियो फुटेजमा देखिएको थियो ।
त्यतिबेला करिब २० सेकेन्डसम्म जमिन हल्लिएको महसुस गरिएको थियो तर खेल भने निरन्तर भएको थियो ।
आयरल्यान्डका स्पिनर म्याथ्यू हम्फ्रेजले छैटौं ओभरको पाँचौ बल जिम्बावेका ब्रायन बेनेटविरुद्ध गरिरहेको बेलमा प्रत्यक्ष प्रसारण खिँचिरहेका क्यामेरा हल्लिएका थिए। तर खेलमा कुनै असर गरेन।
भूकम्पको बेला ब्रायनले म्याभ्यूको बल डिफेन्ड गरेका थिए लगत्तै अर्को खेलमा उनले चौका हिर्काएका थिए ।
आइसिसी केमेन्टेटर एन्ड्रयू लियोनार्ड आफूले भूकम्पको धक्का महसुस गरेको बताएका थिए। उनले मैदानको मिडिया सेन्टरनै हल्लिएको जस्तो लागेको बताएका थिए।
भूकम्पले खेललाई मात्र होइन प्रत्यक्ष प्रसारणलाई पनि कुनै असर गरेन।
सो खेल नवौं देखि १२औं स्थानका लागि भएको प्ले लिगअन्तर्गतको खेल थियो। दुवै टिमले समूहमा तेस्रो भएपछि प्लेट लिगमा प्रतिस्पर्धा गरिरहेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *