२०८१ जेठ ११ गते | 25th of May 2024

सोफियाले ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने

सोफियाले ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ११:२८

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२२’मा नेपालको तर्फबाट सोफिया भुजेल सहभागी हुने भएकी छन् ।
‘मिस इको इन्टरनेशनल नेपाल’को ताज पहिरिएसँगै सोफियाले आगामी मार्चमा कायरोमा हुने उक्त प्रतियोगितामा सहभागी हुने अवसर पाएकी हुन् ।
ग्रीन आर्ट मिडियाले आएको गरेको सौन्दर्य प्रतियोगितामा सोफिया विजेता बनेकी हुन् । भुजेललाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’की विजेता अनुष्मा रायमाझीले ताज पहिर्याइदिएकी थिइन् ।
रायमाझीले ‘मिस इको इन्टरनेशनल २०२०’मा ‘मिस इको एसिया’को उपाधि जितेकी थिइन् । सोफियालाई ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र अन्य व्यक्तिले ग्रुमिङ गर्नेछन् ।
इजिप्टको प्लेटफर्ममा नेपालको संस्कृति र पर्यटकीय स्थानको प्रचार गर्ने सोफियाले बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *