२०८१ जेठ ५ गते | 18th of May 2024

नेपालमा एक हप्तामै ४ प्रतिशतले घट्यो कोरोना संक्रमणदर

नेपालमा एक हप्तामै ४ प्रतिशतले घट्यो कोरोना संक्रमणदर
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ११:४८

नेपालमा कोरोनाभाइरस संक्रमणदर एक सातामै करिब ४ प्रतिशतले ओरालो लागेको छ । कोरोनाको तेस्रो लहर सुरु भएको छोटो समयमै संक्रमणदर घट्न थालेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अघिल्लो हप्ता १ लाख १६ हजार ६१३ पीसीआरमा परीक्षण भएको थियो ।
जसमध्ये ५५ हजार ५ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो। तर यो साता १ लाख १ हजार ३ सय ११ पीसीआर परीक्षण हुँदा ४२ हजार ५९६ जनामा मात्रै संक्रमण देखिएको हो ।
यो हप्ता संक्रमण दर घटेर ४२ प्रतिशतमा झरेको छ। मन्त्रालयका अनुसार अघिल्लो हप्ताको तुलनामा संक्रमण दरमा ४ प्रतिशतले कमी आएको हो ।
तर एन्टिजेन परीक्षणबाट भने संक्रमण दर केही बढी देखाएको छ। अघिल्लो हप्ता गरिएको ३२ हजार ९९६ एन्टिजेन परीक्षणमा ११ हजार ८ सयमा संक्रमण पुष्टि भएको थियो ।
यो हप्ता ३९ हजार ८३४ एन्टिजेन परीक्षण गर्दा १४ हजार ३५५ जनामा संक्रमण पुष्टि भएको हो ।
एन्टिजेनतर्फ संक्रमणदर बढेर ३६.१ प्रतिशत पुगेको छ। अघिल्लो हप्ताको तुलनामा संक्रमण दर २.७ ले बढेको हो। तर दुवैतर्फ औसतमा ४ प्रतिशतले संक्रमण दर घट्न पुगेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *