२०८१ जेठ ५ गते | 18th of May 2024

हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन

हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते १२:०८

रेकर्डमा नरहेको भनिएको २४ लाख डोज कोरोना विरुद्धको खोप खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानबिनका लागि ५ सदस्यीय समिति बनाएको हो ।
यो ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ। समितिले २ हप्तामा प्रतिवेदन दिने मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छन् ।
कोरोना महामारी बढेसँगै थालिएको कोरोनाविरुद्धको अभियानका क्रममा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको मन्त्रालयलले नै बताएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *