२०८१ जेठ ११ गते | 25th of May 2024

हाल कायम मन्त्रालय फुटाएर १२ पुर्याउने प्रदेश १ सरकारको निर्णय

हाल कायम मन्त्रालय फुटाएर १२ पुर्याउने प्रदेश १ सरकारको निर्णय
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ५:१९

प्रदेश नम्बर १ सरकारले हाल कायम रहेका मन्त्रालय फुटाएर १२ पुर्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढाउने भएको छ ।
मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारले औपचारिक जानकारी दिन भने बाँकी छ । आइतबार मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले गरेका अन्य निर्णय भने सार्वजनिक गरेका थिए ।
मन्त्रिपरिषद स्रोतकाअनुसार सरकारले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रालय संख्या १२ पुगाउने निर्णय गरेको छ ।
पाँच दलीय गठबन्धन सरकारमा भागबन्डा मिलाउन मन्त्रालय फुटाउने निर्णय भएको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *