२०८१ जेठ ११ गते | 25th of May 2024

मोरक्कोलाई हराउँदै इजिप्ट सेमिफाइनलमा

मोरक्कोलाई हराउँदै इजिप्ट सेमिफाइनलमा
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ५:२२

इजिप्ट अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्कोलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराएर इजिप्ट अन्तिम चारमा पुगेको हो ।
इजिप्टले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । रोमान्चक बनेको खेलको छैटौं मिनेटमा सोफियन बाउफलले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए ।


तर, खेलको ५३ औं मिनेटमा कप्तान मोहमद सलाहले गोल गर्दै इजिप्टलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १०० औं मिनेटमा महमुद अहमेद इब्राहिम हसनले गोल गर्दै इजिप्टलाई २–१ को जित दिलाए ।
अब इजिप्टले सेमिफाइनलमा आयोजक क्यामरुनसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *