२०८१ जेठ ११ गते | 25th of May 2024

हङकङमा छोपियो तियानमेन घटनाको अन्तिम स्मृति

हङकङमा छोपियो तियानमेन घटनाको अन्तिम स्मृति
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ५:३२

हङकङमा चीनको तियानमेन दमनमा मृत्यु भएका मानिसको सम्झनामा बनाइएको अन्तिम सार्वजनिक स्मृति पनि छोपिएको छ ।
सन् १९८९ मा चीनको तियानमेना प्रदर्शनमा भएको दमनमा मृत्यु भएका मानिसप्रति श्रद्धाञ्जलि दिँदै पोतिएको हस्तलिपीलाई छोपिएको हो ।
जसमा तियानमेन घटनासँग सम्बन्धित नारा पनि उल्लेख गरिएको छ। शनिबार यसलाई हङकङ युनिभर्सिटीले फलामले छोपेको हो ।
पछिल्लो समय हङकङमा चीनको राजनीतिक संवेदनशील विषयका प्रतीकहरु हटाउन थालिएको छ । यसअघि हङकङ चीनको निकै संवेदनशील मानिएको विषयमा पनि आवाज उठाउने स्थलको रुपमा रहँदै आएको थियो ।
यद्यपि पछिल्लो समय बेइजिङले हङकङको लागि राष्ट्रिय सुरक्षा कानुन ल्याउँदै संवेदनशील विषयमा बोल्न रोक लगाएको छ ।
गत महिना हङकङ युनिभर्सिटीले तियानमेन घटनाकै सम्झनामा बनाइएको पिलर अफ सेमलाई हटाएको थियो भने अन्य दुई युनिभर्सिटीले पनि सोही घटनाका स्मृतिहरु हटाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *