२०८१ जेठ ५ गते | 18th of May 2024

युनाईटेडका फरवार्ड ग्रीनउड पक्राउ

युनाईटेडका फरवार्ड ग्रीनउड पक्राउ
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ५:३६

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड पक्राउ परेका छन् । इंग्ल्यान्ड प्रहरीले प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोपमा ग्रीनउडलाई पक्राउ गरेको हो ।
इंग्ल्यान्ड प्रहरीले ग्रीनउड पक्राउ गरेको पुष्टि गरेको छ । ग्रीनउडमाथि अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।
प्रेमिका रोब्सनले इस्टाग्रामको स्टोरीमा ग्रीनउडले आक्रमण गरेको भन्दै तस्बीरहरु सार्वजनिक गरेका थिए । रगत बगिरहेको र शरीरमा निलडाम भएको तस्बीरहरु भाइरल बनेको थियो ।
विवादमा तानिएपछि युनाईटेडले उनलाई निलम्बन गरिसकेको छ । अर्को सूचना नआएसम्मका लागि उनलाई प्रशिक्षण र खेलमा निलम्बन गरिएको युनाईटेडले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *