२०८१ जेठ ५ गते | 18th of May 2024

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ५:४२

नेपाली बजारमा गत बिहीबार अर्थात् पछिल्लो ४ दिनदेखि लगातार सुनको भाउ घटेको छ । आज सोमवार पनि सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १२ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ रुपैयाँ ५० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *