२०८१ जेठ ११ गते | 25th of May 2024

शुक्रबारदेखि जाल्पा सामुदायीक लघुवित्तको आईपीओ निष्कासन हुँदै

शुक्रबारदेखि जाल्पा सामुदायीक लघुवित्तको आईपीओ निष्कासन हुँदै
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ५:४५

शुक्रबारदेखि आईपीओ निष्कास हुदैछ । माघ २१ गते शुक्रबारदेखि जाल्पा सामुदायीक लघुवित्तको आईपीओ निसकान हुन लागेको हो । ।
लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ करोड २२ लाख रुपैयाँ ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमा ८ हजार कित्ता कम्पनीका कर्मचारी र २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा माघ २१ देखि २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमाद फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओमा न्यूनतम १० देखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ ।
यसअघि आइपीओ निष्काशन हुँदा माग भन्दा धेरै गुणा बढी आवेदन पर्ने गरेको थियो । पछिल्लो सयम निष्कासन भईरहेको आईपीओमा २० लाख बढिले आवेदन दिने गरेका छन् । जसले गर्दा लगानीकर्ताले १० कित्ताको लागि आवेदन दिनु नै उपयुक्त देखिन्छ । लक्की ड्र गरेर बाँडफाँड हुने भएकोले भाग्यमानी आवेदनकर्ताले १० कित्ता पाउनेछन् ।
लघुवित्तको आईपीओ धितोपत्र बोर्डको निर्देशिका अनुसार बाँडफाँड हुँदा ५२ हजार २०० जनाले मात्र १० कित्ताको दरले आईपीओ हात पार्नेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *