२०८१ जेठ ५ गते | 18th of May 2024

फेरि चुनाव जिते क्यापिटल हिल आक्रमणका अभियुक्तलाई माफ दिन्छु : ट्रम्प

फेरि चुनाव जिते क्यापिटल हिल आक्रमणका अभियुक्तलाई माफ दिन्छु : ट्रम्प
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ५:५७

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यदी आफू पुनः सत्ता आए क्यापिटल हिल आक्रमणमा सहभागी आफ्ना समर्थकलाई माफ गर्ने बताएका छन् । उनले २०२४ मा सत्तामा फिर्ता आउनले संकेत गरेका हुन् ।
गत वर्ष अमेरिकाको क्यापिटल हिलमा ट्रम्प समर्थकले आक्रमण गरेका थिए र त्यसपछि भएको हिंसात्मक झडपमा पाँच जनाको मृत्यु भएको छ ।
शनिबारको टेक्सासको एक और्लीमा ट्रम्पले भने,‘यदी मैले चुनावमा जिते भने ६ जनवरीको घटनामा सहभागी मानिसका साथ निष्पक्ष व्यवहार गर्छु। यसका लागि माफीको आवश्यकता हुन्छ।’
६ जनवरी २०२१ मा ट्रम्पका समर्थकले क्यापिटमा प्रवेश गरेर हिंसा र तोडफोडको गरेका थिए ।
त्यसक्रममा १ सय भन्दा धेरै प्रहरी अधिकारीहरु घाइते भएका थिए। क्यापिटल हिल हिंसामा ७ सय भन्दा धेरै मानिसलाई गिरफ्तार गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *