२०८१ जेठ ११ गते | 25th of May 2024

एक वर्षमा यमनमा दुई हजार बालबालिका मारिएको दाबी

एक वर्षमा यमनमा दुई हजार बालबालिका मारिएको दाबी
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ६:११

संयुक्त राष्ट्रसंघ (युएन)ले एक वर्षको अवधिमा करिब २ हजार यमनी बालबालिका मारिएको दाबी गरेको छ । हुथि विद्रोहीले आफ्नो समूहमा भर्ती गरेका ती बालबालिका एक वर्षको अवधिमा मारिएको दाबी संघको नयाँ रिपोर्टले गरेको हो ।
शनिबार साँझ सार्बजनिक युएनको नयाँ रिपोर्टअनुसार यमनको हुथी विद्रोहीले आफ्नो समूहमा भर्ती गराएका करिब २ हजार यमनी बालबालिका लडाइमा मारिएका छन् ।
सन् २०२० जनवरीदेखि सन् २०२१ मे महिनासम्म सो संख्यामा ती बालबालिका मारिएका हुन् ।
हुथी विद्रोहीले यमनका विभिन्न विद्यालय र विभिन्न ग्रामिण भेगका बालबालिकालाई आफ्नो सिद्धान्त सिकाउँदै आफ्नो समूहमा भर्ना गराएको युएनले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *