२०८१ जेठ ११ गते | 25th of May 2024

अनलाइनबाट जुवा खेलाउने ८ महिलासहित ७४ जना पक्राउ

अनलाइनबाट जुवा खेलाउने ८ महिलासहित ७४ जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ६:२२

अनलाइनमार्फत जुवा खेलाएको आरोपमा काठमाडौंको बौद्धबाट प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार काठमाडौंको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिंगो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता दिनेशराज मैनालीका अनुसार दोलखाका हाल बानेश्वर बस्र्दै आएका ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा ठूलो संख्यामा मानिसहरू भेला भएर अनलाइन बिंगो खेलिरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।
प्रवक्ता मैनालीका अनुसार उनीहरूको साथबाट मोबाइल, बिंगो खेलमा प्रयोग हुने कुपन र नगद नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् । साथै, उनीहरूको साथबाट ६ लाख १८ हजार २५० रुपैयाँ समेत बरामद गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *