२०८१ जेठ ११ गते | 25th of May 2024

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ६:२५

हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर– १३ चारआलीका ७१ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोमबार बिहान ३ बजे जंगली हात्ती धपाउने क्रममा कार्कीलाई हात्तीले कुल्चिएर घाइते बनाएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
हात्तीले कुल्चँदा उनको भित्री शरीरमा चोट लाग्नुका साथै बायाँखुट्टा भाँचिएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *