२०८१ जेठ ५ गते | 18th of May 2024

तेजस्वी प्रकाशले जितिन् ‘बिग बोस’ १५ को उपाधि

तेजस्वी प्रकाशले जितिन् ‘बिग बोस’ १५ को उपाधि
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ६:४७

भारतको चर्चित रियालिटी शो बिग बोस सिजन १५ को उपाधि टेलिभिजन अभिनेत्री तेजस्वी प्रकाशले जितेकी छन् । आइतबार राति भएको फाइनलमा प्रतीक सहजपाललाई पछि पारेर तेजस्वीले उपाधि जितेकी हुन् । शोका प्रस्तोता सलमान खानले विजेताको नाम घोषणा गरेका हुन् ।


तेजस्वीले ट्रफीसँगै ४० लाख भारु नगद पनि जितेकी छन् । बिग बोस १५ को फाइनलमा तेजस्वी प्रकाशसँगै प्रतीक सहजपाल, करण कुन्द्रा, शमिता शेट्टी र निशान्त भट्ट पुगेका थिए । करण कुन्द्रा तेस्रो स्थानमा रहे ।
योपटक पनि शीर्ष पाँच प्रतियोगीलाई तोकिएको पुरस्कार रकम लिएर शो छोड्ने विकल्प दिइएको थियो । निशान्त भट्टले सो विकल्प चयन गरे । यो सिजनमा करण कुन्द्रासँगको सम्बन्धलाई लिएर तेजस्वी प्रकाश चर्चामा थिइन् ।
यस्तै शमिता शेट्टी र तेजस्वीबीचको खटपट तथा करणका सम्बन्धमा उनीहरुबीचको विवाद पनि चर्चामा रह्यो । तेजस्वी प्रकाश बिग बोसको घरमा करिब चार महिना बसिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *