२०८१ जेठ ११ गते | 25th of May 2024

भारतविरुद्धको टी–२० का लागि वेस्टइन्डिजको टिम घोषणा

भारतविरुद्धको टी–२० का लागि वेस्टइन्डिजको टिम घोषणा
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ७:२७

भारतविरुद्धको टी–२० सिरिजका लागि वेस्टइन्डिजको टिम घोषणा गरिएको छ । इंग्ल्याण्डसँगको सिरिज ३–२ ले जितेको वेस्टइन्डिजले अब भारत भ्रमण गर्दै छ ।
फेब्रुअरी ६ तारिखदेखि शुरुहुने एक दिवसीय सिरिजका लागि यसअघि नै टिम घोषणा गरेको वेस्टइन्डिजले अहिले टी २० सिरिजका लागि १६ सदस्यीय टिम घोषाा गरेको हो ।
एक दिवसीय जस्तै टी २० को पनि कप्तानी किरोन पोलार्डले गर्ने छन् । यस्तै निकोलस पुरनलाई उपकप्तान बनाइएको छ । यस्तै एक दिवसीय टिममा रहेका शामराह ब्रुक्स, एनक्रुमाह बोन र केमार रोचले भने टी २० को टिममा स्थान बनाउन असफल रहे ।
वेस्ट इन्डिजको टी २० टिम यस्तो रहेको छ ः
कीरोन पोलार्ड (कप्तान), फेबियन एलेन, एनक्रुमाह बोनर, डैरेन ब्रावो, शमारह ब्रूक्स, जेसन होल्डर, शाई होप, अकील हुसैन, अल्जारी जोसेफ, ब्रैंडन किंग, निकोलस पूरन, केमार रोच, रोमारियो शेफर्ड, ओडियन स्मिथ र हेडन वाल्श जूनियर ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *