२०८१ जेठ ११ गते | 25th of May 2024

मोरङमा बर्ड फ्लू देखिएपछि कुखुरा नष्ट

मोरङमा बर्ड फ्लू देखिएपछि कुखुरा नष्ट
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ७:३२

मोरङका दुई कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा रहेको एक÷एक फर्ममा बर्ड फ्लू देखिएको हो ।
ग्रामथान गाउँपालिका–१ को खुनियाकट्टा र बुढीगंगा–५ मा रहेको लेयर्स कुखुरा फर्मका कुखुरामा बर्ड फ्लू देखिएको हो । बर्ड फ्लू देखिएपछि दुवै स्थानका कुखुरा नष्ट गरिएको छ ।
थप दुई स्थानमा पनि बर्ड फ्लूको आशंका गरिएको छ । ग्रामथान–१ मै रहेको थप एक कृषि फर्म र कटहरी गाउँपालिका–७ मा रहेको फर्मका कुखुरा मरेपछि बर्ड फ्लूको आशंका गरिएको हो । ती स्थानमा रहेका कुखुराको जाँच गरिएको छैन ।
बुढीगंगामा रहेको फर्मममा पाँच हजार कुखुरामध्ये तीन हजार ५०० कुखुरा मरेपछि जाँच गर्दा बर्ड फ्लू देखिएको थियो । ग्रामथान गाउँपालिका–१ का वडाध्यक्ष नमोनारायण माझीले बर्ड फ्लू देखिएपछि लेयर्स कखुराको फर्ममा रहेका कुखुरा नष्ट गरिएको बताए ।
बढीगंगा गाउँपालिका–५ का अध्यक्ष रमेश खनालले आफ्नो वडामा रहेको एउटा कृषि फर्ममा बर्ड फ्लू देखिएको जानकारी दिए । बर्ड फ्लू देखिएपछि स्थानीय प्रशासनले कुखुरा र पन्छीको आयात निर्यातमा कडाइ गर्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *