२०८१ जेठ ११ गते | 25th of May 2024

पूर्वमिस यूएसए चेस्ली क्रिस्टले गरिन् आत्महत्या

पूर्वमिस यूएसए चेस्ली क्रिस्टले गरिन् आत्महत्या
NEW YORK, NEW YORK - JANUARY 07: Cheslie Kryst attends the world premiere of "Like A Boss" at SVA Theater on January 07, 2020 in New York City. (Photo by Dia Dipasupil/WireImage)
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ७:५२

सन् २०१९ की मिस यूएसए तथा म्यागजिन ‘एक्स्ट्रा’की संवाददाता चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । उनी यही जनवरी ३० मा न्युयोर्क सिटीमा मृत भेटिएकी हुन् ।
न्युयोर्क पोस्टका अनुसार ३० वर्षीय चेस्लीको न्युयोर्क सिटीको ३५० वेस्ट ४२ स्ट्रिटमा अवस्थित २०६.१५ मिटर अग्लो भवनबाट आइतबार बिहान ७ः१५ बजे हामफालेर मृत्यु भएको हो । उक्त भवनको नवौँ तलामा बस्ने उनी त्यसको सबैभन्दा माथिको तला अर्थात् २९औँ तलाको कौसीबाट हामफालेकी हुन् ।

वासिङटन पोस्टमा विज्ञप्ति जारी गर्दै चेस्लीको परिवारले उनको मृत्युको खबर पुष्टि गरेको हो । विज्ञप्तिमा लेखिएको छ, “ठूलो शोकमा, हामी हाम्रो प्यारी चेस्लीको निधनको खबर सार्वजनिक गर्दै छौँ । उनको महान् ज्योति भनेको उनको सुन्दरता र शक्तिले संसारभरिकालाई प्रेरणा दिनु रह्यो ।”

एक्सट्रा म्यागजिनबाट उनका सहकर्मीहरूले पनि समवेदना व्यक्त गरेका छन् । आत्महत्या गर्नुअघि उनले अन्तिम पोस्टका रूपमा इन्स्टाग्राममा आफ्नो एउटा सुन्दर फोटोसहित लेखेकी थिइन्, “यो दिनले तपाईंमा शान्ति र आराम ल्यायोस् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *