२०८१ जेठ ५ गते | 18th of May 2024

हुथीद्वारा यूएईमा मिसाइल आक्रमण

हुथीद्वारा यूएईमा मिसाइल आक्रमण
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ८:०२

पहिलो पटक इजरायलका राष्ट्रपति संयुक्त अरब एमिरेट्स (युएई)को भ्रमणमा रहेका बेला हुथी समुहले मिसाइल आक्रमण गरेको छ । सोमबार इजरायलका राष्ट्रपति आइज्याक हेर्जोग पहिलोपटक यूएईको भ्रमणमा पुगेका छन् ।
यमनबाट हुथी समुहले हानेको उक्त मिसाइल बाटोमै खसालिदिएको युएईले जनाएको छ । हुथीले हानेको मिसाइललाई कुनै मानवस्ती नरहेको ठाउँमा खसालीएको युएईले जनाएको छ ।
उक्त मिसाइल दुबई वा आबुधाबी कुन सहरलाई लक्षित गरी गरिएको थियो भन्ने खुलाइएको छैन। अहिले युएईमा सबै हवाई सेवा सामान्यरुपमा सञ्चालनमा रहेको बताइएको छ ।
केही दिनअघि जनवरी १७ मा हुथी समुहले आबुधाबीमा आक्रमण गर्दा ३ जनाको मृत्यु भएको थियो । यूएई साउदी अरेबियाको गठबन्धनमा सम्मिलित देश हो ।
साउदी गठबन्धन र इरान समर्थित हुथी विद्रोहीसँग पछिल्लो ७ वर्षयता द्धन्द्ध जारी छ । यो अवधिमा लाखौं मानिस विस्थापित भएका छन् भने, कयौंले ज्यानले गुमाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *