२०८१ जेठ ५ गते | 18th of May 2024

त्रिविको स्थगित परीक्षा फागुनमा हुने

त्रिविको स्थगित परीक्षा फागुनमा हुने
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ८:५८

कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ ।
सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।
केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको हो ।
स्थगित गरिएका लिन बाँकी रहेका सम्पूर्ण परीक्षाहरू फागुन महिनामा सञ्चालन गरेर सक्ने गरी तालिका सार्वजनिक गर्छौं,’ त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बैठकपछि भने ।
कोभिड संक्रमण बढेसँगै त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयले बीचमै परीक्षा स्थगित गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *