२०८१ जेठ ११ गते | 25th of May 2024

२४ वर्षपछि स्वदेश जाँदै अफ्रिकी हात्ती

२४ वर्षपछि स्वदेश जाँदै अफ्रिकी हात्ती
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ९:०२

भारतको राजधानी दिल्लीस्थित उच्च अदालतले करिब २४ वर्षपछि अफ्रिकी हात्तीलाई स्वदेश फिर्ता गराउने प्रतिज्ञा गरेको छ । अदालतले अफ्रिकी मुलुकबाट ल्याइएको शंकर नामक सो हात्तीलाई २४ वर्षपछि स्वदेश फिर्ता गराउने प्रतिज्ञा गरेको हो ।
करिब २४ वर्षअघि जिम्वाबे सरकारले पूर्व भारतीय राष्ट्रपति शंकर दयाल शर्मालाई दुई वर्षीय जंगली हात्ती उपहारस्वरुप दिएको थियो । उपहार दिएपछि सो हात्तीलाई भारतीय उडानमार्फत जिम्बाबेहुँदै राजधानी दिल्लीमा पु¥याइएको थियो । शंकर नाम राखिएको सो हात्तीलाई दिल्ली चिडियाखानामा राखिएको थियो ।
सो अफ्रिकी हात्ती लामो समयदेखि चिडियाखानामा एक्लै भएको भन्दै गैर नाफामुखी संख्या युथ फर एनिमल्सकी संस्थापक १६ वर्षीया निकिता धावनले अदालतसमक्ष मुद्धा दायर गरेकी थिइन् ।
सो हात्ती वर्षौदेखि चिडियाखानाभित्र एक्लै कैद भएको र चिडियाखानाबाट मुक्त गराई आफ्नै बासस्थानमा पुर्नवास गराउन निकिताले माग गरेकी थिइन् । साथै चिडियाखानाका अधिकारीहरुले सो हात्तीमाथि गलत व्यवहार गर्ने आरोपसमेत लागेको छ ।
अदालतमा जारी सो मुद्धा हेरफेरपछि दिल्लीको उच्च अदालतले सो हात्तीलाई अफ्रिका फर्काउने बाचा गरेको बीबीसीमा खबर छ । भारतीय चिडियाखानामा रहेका दुईवटा अफ्रिकी हात्तीमध्ये बुम्बई नामक हात्तीको सन् २००५ मा कर्नाटक चिडियाखानामा मृत्यु भएको थियो ।
भारतमा हात्तीलाई महत्वका साथ हेरिए पनि हात्ती संरक्षण र रेखदेखमा उचित ध्यान नपु¥याउँदा समस्या हुने गरेको बताइएको छ । भारतमा व्यक्तिगत र अन्य स्वार्थका लागि विभिन्न माध्यममार्फत विभिन्न मुलुकबाट जंगली जनावरहरु भित्र्याउने गरेको जानकारहरुले बताएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *