२०८१ जेठ ११ गते | 25th of May 2024

अपरिचित वस्तुले अन्तरिक्षबाट हरेक १८ मिनेटमा रेडियो सिग्नल पठाएपछि विज्ञहरु आश्चर्यमा

अपरिचित वस्तुले अन्तरिक्षबाट हरेक १८ मिनेटमा रेडियो सिग्नल पठाएपछि विज्ञहरु आश्चर्यमा
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ९:२५

अष्ट्रेलियन वैज्ञानिकहरुले अन्तरिक्षमा यसअघि कहिल्यै पनि देखा नपरेको एउटा अनौठो अपरिचित घुमाउरो वस्तु फेला परेको दाबी गरेका छन् । सो वस्तुले एकदम ठूलो मात्रामा रेडियो ऊर्जा फालिरहेको हुँदा प्रत्येक १८ मिनेटमा, ६० सेकेन्ड सम्मै सिग्नल पठाइरहेको बताइएको छ ।
यसरी अन्तरिक्षमा ऊर्जा फाल्ने या निकाल्ने वस्तुहरु प्रायः परिचित हुन्छन् या रेकर्डमा राखिसकिएका हुन्छन् । त्यसैले यसलाई वैज्ञानिकहरुले एकदम दुर्लभ गतिविधि बताइरहेका छन् जुन एक मिनेटसम्म ‘टर्न अन’ हुन्छ ।
विज्ञहरुको टोली यसलाई अझ स्पष्ट रुपमा बुझ्न अध्ययन गरिरहेको छ ।
सो वस्तुलाई पहिलोपटक अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीका खोजकर्ता टाइरोन ओडोहेर्टीले पत्ता लगाएका थिए । उनी आफैले निर्माण गरेको नयाँ प्रविधि मार्फत टेलिस्कोपको मद्दतले उनले सो अपरिचित वस्तु फेला पारेका हुन् ।
टाइरोन, एस्ट्रोफिजिसिस्ट डाक्टर नताशा हर्ली वाकरको नेतृत्वमा परिचालित टोलीमै पर्दछन् । उनी भन्छिन्, “सो वस्तु हरेक घण्टा देखिँदै हराउँदै गरिरहेको थियो । यो वास्तवमै एकदम अनपेक्षित र कति हिसाबमा अन्तरिक्षविद्का लागि समेत एकदमै आश्चर्यजनक थियो ।
किनकी आजसम्म अन्तरिक्षमा पाइने कुनैपनि वस्तुले यस्तो गतिविधि देखाएको कसैलाई थाहा छैन । अन्तरिक्षमा पाइने वस्तु आफैँ ‘अन’ या ‘अफ’ हुनु वैज्ञानिकहरुका लागि नयाँ कुरा हो । हालै मात्र यसलाई ‘ट्रानसिएन्ट्स’ को नाम दिइएको छ ।”
तरपनि एउटा पूरै मिनेट अन रहिरहनु भनेको धेरै अनौठो कुरा भएको अर्की एस्ट्रोफिजिसिस्ट डाक्टर जेमा एन्डरसनले बताइन् ।
थप अध्ययनपछि सो वस्तु पृथ्वीबाट ४ हजार ‘लाइट इयर्स’ टाढा रहेको पत्ता लागेको छ । साथै यो एकदमै चमकिलो छ भने यसको चुम्बकीय क्षेत्रीय पनि अत्यन्तै शक्तिशाली रहेको बताइएको छ ।
अनुमानित थेउरीमा यसलाई कुनै नयाँ ‘न्युरोट स्टार’ या पतन भएको तारा हुन सक्ने बताइएको छ । तर अझैपनि यसबारे धेरै कुरा रहस्यमयी नै छ ।
यसरी थप अनुसन्धानपछि मात्र यो गतिविधि इतिहासकै पहिलो किसिमको हो या होइन भन्ने बुझ्न सकिने डाक्टर हर्ली वाकरले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *